बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

उपत्यकाका दुई रुटमा प्रहरीले सञ्चालनमा ल्यायो निःशुल्क बस सेवा

सोमबार, १९ जेठ २०८२, ११ : ४९
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । यातायात व्यवसायीको हडतालका कारण सर्वसाधारण मर्कामा परेसँगै नेपाल प्रहरीले सोमबार उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले दुई रुटमा बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

एउटा रुट नक्साल हुँदै बालुवाटार, टिचिङ, चक्रपथ र नयाँबसपार्क बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगानखेल, जावलाखेल, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै सञ्चालन हुनेगरी तय गरिएको छ ।

 यस्तै अर्को रुट, नक्साल हुँदै रातोपुल, गौशाला, एयरपोर्ट, कोटेशवर, टिमी, सल्लाधारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै सञ्चालन हुने तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप