उपत्यकाका दुई रुटमा प्रहरीले सञ्चालनमा ल्यायो निःशुल्क बस सेवा
सोमबार, १९ जेठ २०८२, ११ : ४९
१
काठमाडौँ । यातायात व्यवसायीको हडतालका कारण सर्वसाधारण मर्कामा परेसँगै नेपाल प्रहरीले सोमबार उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले दुई रुटमा बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
एउटा रुट नक्साल हुँदै बालुवाटार, टिचिङ, चक्रपथ र नयाँबसपार्क बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगानखेल, जावलाखेल, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै सञ्चालन हुनेगरी तय गरिएको छ ।
यस्तै अर्को रुट, नक्साल हुँदै रातोपुल, गौशाला, एयरपोर्ट, कोटेशवर, टिमी, सल्लाधारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै सञ्चालन हुने तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
-
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी श्रेष्ठ नियुक्त
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण