बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटना, पाँच जना घाइते

बुधबार, १७ असार २०८३, २१ : १८
बुधबार, १७ असार २०८३

सारांश

  • काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ बौथली चोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पसलमा ठोक्किँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।
  • रौतहटको राजदेवी नगरपालिका–२ घर भई बस्ने ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बा.प्र.०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
  • घाइतेहरूको प्रहरीको निगरानीमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ बौथली चोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पसलमा ठोक्किँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।

रौतहटको राजदेवी नगरपालिका–२ घर भई बस्ने ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बा.प्र.०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटनामा परेको हो । 

दुर्घटनामा चालक उपेन्द्र ठाकुर, उनकी ३० वर्षीया श्रीमती रमिता देवी ठाकुर, ३ वर्षीय छोरा रुस्तम ठाकुर, चन्द्रागिरी–८ बौथली चोककी ५ वर्षीया युजला श्रेष्ठ र २ वर्षीय सरोज तामाङ घाइते भएका हुन्।

घाइतेहरूको प्रहरीको निगरानीमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप