ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
सारांश
- ठमेलमा सार्वजनिक स्थानमा अश्लील गतिविधि गरी पर्यटक र सर्वसाधारणलाई दुःख दिएको आरोपमा पाँच विदेशी महिला पक्राउ परेका छन्।
- पक्राउ परेकामध्ये चार युगाण्डा र एक इन्डोनेसियाकी नागरिक रहेको प्रहरीले जनाएको छ।
- प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज र धक्कामुक्का गर्ने प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक रूपमा रोक्दै अश्लील प्रकृतिका गतिविधिसम्बन्धी मोलमोलाइ गरी दुःख–हैरानी दिएको आरोपमा पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार बुधबार पक्राउ परेकामध्ये चार जना युगाण्डाका नागरिक र एक जना इन्डोनेसियाकी नागरिक हुन्।
प्रहरीका अनुसार उक्त गतिविधिबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई सम्झाइ–बुझाउने प्रयास गरेको थियो। तर, उनीहरूले ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै धक्का–मुक्का गरेका थिए।
उक्त घटनापछि पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी भट्टराईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण