प्रचण्डसँग कुरा गर्न खोजेँ, तर उहाँ सम्पर्कमा आउन चाहानुभएन : प्रधानमन्त्री
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथिको छलफलमा तर्क र तथ्यका आधारमा बजेटको बचाउ गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
‘हामीले नीति कार्यक्रम र बजेट उपयुक्त ल्यायौं’, प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘बजेटमाथि भोलीबाट छलफल प्रारम्भ हुदैछ । माननीयहरुले त्यहाँ तर्कपुर्ण ढंगले बजेटको बचाउ गर्नुपर्छ । विरोधीहरुले हामीलाई धर्मर हुनेगरी कुर्तक राख्नेछन् । ति कुर्तकहरुको दह्रोगरी तथ्य र तथ्यांकसहित खण्डन गर्नुपर्नेछ ।’ तयारी र अध्ययन गरेर बुँदागत रुपमा संसदमा बजेटको पक्षमा बोल्ने गरी संसदमा उपस्थित हुन पनि ओलीले निर्देशन दिए ।
उनले दलको बैठकमा समेत सांसदहरुको उपस्थिति कम देखिएकोमा असन्तुष्टि जनाए । उनले विरोधीले भोलीदेखि संसद चल्न नदिने भनेको भन्दै त्यसका लागि आफुले माओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्ने प्रयास गरेपनि सम्पर्कमा नआएको बताए ।
‘संसद चलाऊ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, हामी लिडरहरुको बिचमा छलफल पनि गरौ भनेर ।उहाँ सम्पर्कमा आउन चाहिरनुभएको छैन’, ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन ।’
उनले संविधान र लोकतन्त्रविपरितको कदम नचाल्न विपक्षीलाई आग्रह समेत गरे । ओलीले प्रचण्डहरु कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको हुनसक्ने भन्दै नचाहिने कुरामा संसदलाई रोक्ने, विकासको काम रोक्ने र जनप्रतिनिधिलाई निरर्थक पार्ने काम नगर्न आहन गरे ।
ओलीले गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर संसद अवरोध नहुने दाबी गरे । ‘यस्तरी संसद अवरोध अव हुन सक्दैन । तर संसद अगाडि बढाउनुपर्छ । ज्याजती धेरै भो । अति भो’, ओलीले भने, सडक अवरोध पनि गरेको छ, कोही बोल्यो माइतीघर मण्डलामा आयो भनेर आयो भने विपक्षी पार्टी सवै कुदेर मण्डला पुग्ने गर्छन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण