पठाओ र इनड्राइभका १०२ जना चालक ट्राफिकको कारबाहीमा
सोमबार, १९ जेठ २०८२, १५ : ५२

समाचार सारांश
- काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पठाओ र इनड्राइभका १०२ चालकलाई कारबाही गरेको छ।
- यातायात बन्दको मौका छोपेर बढी भाडा लिने र बार्गेनिङ गर्ने चालकलाई कारबाही गरिएको हो।
- ६ जनालाई बढी भाडा असुलेको आरोपमा र ९६ जनालाई अन्य शीर्षकमा कारबाही गरिएको छ।
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ । यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ । ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको एसपी गिरीले बताए । उनले भने, ‘अफलाइन बसेर बार्गेनिङ गर्ने लगायतका गतिविधिमा संलग्नहरू ९६ जनालाई कारबाही गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी
-
प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
-
कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव