आफू सुत्ने कोठामै नवविवाहिताको शव फेला, पति र सासु फरार
सारांश
- रौतहटको कटहरिया नगरपालिकामा एक नवविवाहिता महिला आफ्नै घरमा मृत फेला परेकी छिन्। घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ।
- मृतक महिला आफ्नै बेडमा उत्तानो अवस्थामा फेला परेकी थिइन् र उनले उल्टी गरेको पाइएको छ। श्रीमान् र सासु फरार छन्, ससुरालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।
- शव पोष्टमार्टमका लागि गौर अस्पताल लगिएको छ। पोष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि घटनाको यकिन हुनेछ। फरार रहेका अनकेश र उनकी आमाको खोजी भइरहेको छ।
रौतहट । कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा एक जना नवविवाहिता महिलाको शव आफ्नै घरमा फेला परेको छ । उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका अनकेश यादवकी २२ वर्षीय श्रीमती अल्का यादव आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।
अल्का यादवलाई उत्तानो अवस्थामा बेडमै मृत अवस्थामा फेला पारिएको, मृतकले उल्टी गरेको पाइएको डीएसपी राजन कार्कीले जानकारी दिए ।
मृतकका श्रीमान् अनकेश यादव र सासु शान्तिदेवी फरार रहेको उनको भनाइ छ । मृतकका ससुरा रामपुकार प्रसाद यादवलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धान पूरा भएपछि घटनाबारे यकिनका साथ भन्नसक्ने डीएसपी कार्कीले बताए । फरार रहेका अनकेश र उनकी आमा शान्तिदेवीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
दुई साता अघिमात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया–३, बडेरवाका अरमान राय भाटविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दर्ता भएको थियो । आरोपित अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण