अपराध
रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ
बुधबार, २१ जेठ २०८२, १० : ४८

समाचार सारांश
- प्रहरीले रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतोलाई काठमाडौँबाट पक्राउ गरेको छ।
- धनुषा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो।
- एस एण्डबी प्रालिका सन्तोषकुमार यादवले लेनदेन विवादमा महतोविरुद्ध उजुरी दिएका थिए।
काठमाडौँ । प्रहरीले रमण कन्स्ट्रक्सनका सञ्चालक मध्येका पवन महतोलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ घर भई काठमाडौँ सिफलचौर बस्ने उनलाई काठमाडौँबाट पक्राउ गरेर धनुषा लगिएको छ ।
महतोविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दर्ता भएको धनुषाका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धानको लागि काठमाडौँबाट पक्राउ गरेर धनुषा ल्याएका छौँ ।’
उनी विरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । लेनदेन विवादमा अर्को निर्माण कम्पनी एस एण्डबी प्रालिका सन्तोषकुमार यादवले उजुरी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता
-
बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)
-
श्रेयसीले जितिन् ‘मिस एसईई इटहरी’को ताज