अपराध
रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ
बुधबार, २१ जेठ २०८२, १० : ४८
सारांश
- प्रहरीले रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतोलाई काठमाडौँबाट पक्राउ गरेको छ।
- धनुषा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको हो।
- एस एण्डबी प्रालिका सन्तोषकुमार यादवले लेनदेन विवादमा महतोविरुद्ध उजुरी दिएका थिए।
काठमाडौँ । प्रहरीले रमण कन्स्ट्रक्सनका सञ्चालक मध्येका पवन महतोलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ घर भई काठमाडौँ सिफलचौर बस्ने उनलाई काठमाडौँबाट पक्राउ गरेर धनुषा लगिएको छ ।
महतोविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दर्ता भएको धनुषाका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धानको लागि काठमाडौँबाट पक्राउ गरेर धनुषा ल्याएका छौँ ।’
उनी विरुद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । लेनदेन विवादमा अर्को निर्माण कम्पनी एस एण्डबी प्रालिका सन्तोषकुमार यादवले उजुरी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण