कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव
सारांश
- मौसम सुरु नहुँदै बजारमा रसायन प्रयोग गरी पकाइएको आँप बिक्री हुन थालेको छ।
- कार्बाइड प्रयोग गरिएको आँप स्वास्थ्यका लागि हानिकारक हुने र यसले पेटसम्बन्धी समस्या निम्त्याउन सक्छ।
- धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको आँप नष्ट गरेको थियो भने काठमाडौंमा प्रभावकारी अनुगमन हुन सकेको छैन।
काठमाडौँ । सिजन सुरु नहुँदै पाकेको आँप बजारमा बिक्री हुन थालेको छ । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप होलसेलर हुँदै खुद्रा व्यापारीमार्फत घरघरमा पुगिरहेको छ ।
कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । सिजनमा प्राकृतिक रूपमा पाकेको फलफूल मात्र खान स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।
कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ ।
राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्त्व पनि नपाइने जानकारहरू बताउँछन् ।
_3Lbpy9Me5d.jpg)
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । तर बजारमा भने बिक्री हुन थालेको धेरै भइसक्यो ।
_yleXfSMgQm.jpg)
यही साता धनगढी उपमहानगरले विषादी प्रयोग गरिएको २ हजार २७६ किलो आँप नष्ट गरेको थियो । काठमाडौँमा भने यसको प्रभावकारी अनुगमन भएको छैन ।
_h34d2dVbJd.jpg)
काठमाडौँ महानगरपालिकाले यसै साता कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको थियो । त्यसमा तरकारीसँगै लिचीको विषादी परीक्षण भएको थियो । लिचीमा भने विषादी पाइएको थिएन । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_0B4OJqdUnD.jpg)
_5Bm2dFfWQg.jpg)
_ilQnIE3Uxw.jpg)
_fUZ99tjdiy.jpg)
_PggzRt7Fjb.jpg)
_9Ob4uJg0DO.jpg)
_W2nMzLTavC.jpg)
_PLDhrrY4Or.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण