न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
बिहीबार, २२ जेठ २०८२, ०९ : २५

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको न्याय सम्पादनमाथि प्रश्न उठाएका छन् । निषेधित क्षेत्र घोषणाको सवालमा आएको आदेशप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– थरीथरीको न्याय ! माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो। तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन। न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ।
राजावादीहरूको प्रदर्शनलाई लक्षित गरेर सरकारले जारी गरेको निषेधाज्ञा र त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्चको आदेशलाई लक्षित यरेर उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरआवासीय नेपाली नागरिकतामा गृहमन्त्रीको धारणा स्वागतयोग्य : आरके शर्मा
-
तारकेश्वरको तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते
-
युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसङ्घ
-
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी
-
आमा बनिन् अभिनेत्री रुविना थापा
-
बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी, १६ बढी पसल जले