कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- सर्लाहीको बागमती पुल नजिकै कन्टेनरको ठक्करबाट रौतहटका २१ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ।
- चन्द्रपुरबाट हरिवनतर्फ आउँदै गरेको कन्टेनरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
- घाइते योन्जनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो, भने कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट । सर्लाही स्थित बागमती नगरपालिका–११ बागमती पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन्।
गएराति १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडीले बिपरित दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३–०२–०१४ प ९८७७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोपाल योन्जनको शरीरको विभिन्न भागमा चोट लागेको थियो।
घाइते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राति ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले जानकारी दिएका छन्।
दुर्घटनामा परेको मोटरसाइकल, कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने वर्ष ३८ को ओम बहादुर लामालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण