नेप्से परिसूचकमा उच्च अङ्ककाे गिरावट
काठमाडौँ । मौद्रिक नीतिको समीक्षामा आएका प्रावधान र बजेटमा आएका बजारमैत्री नीतिका बाबजुद नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ ।
साताको तेस्रो दिन मङ्गलवार बजार परिसूचक ३५.०७ अङ्कले घटेर २६५९.५९ अङ्कमा पुगेको हो । आज बजारमा ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
३४ वटा कम्पनीको मूल्य बढेको बजारमा आज २१४ कम्पनीको मूल्य घटेका छन् । बजारमा उत्पादनमूलक र म्युचुअल फण्डबाहेक सबै समूहगत सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट बैङ्किङ र होटेल क्षेत्रमा २ प्रतिशत भन्दा धेरै भएको छ ।
उच्च गिरावटका बाबजुद आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उच्च गिरावटका बाबजुद आज कुनै पनि कम्पनी मूल्य ५ प्रतिशत भन्दा धेरै घटेको छैन ।
आज बजारमा कारोबारका आधारमा राधी जलविद्युत् कम्पनी अगाडि हुँदा कारोबार भएको शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर र कारोबार भएको शेयर सङ्ख्यामा ओम मेगाश्री फर्मास्युटिकल्स अगाडि देखिएका छन् ।
बजारमा आज नेप्से भन्दा सेन्सिटिभ इन्डेक्स धेरैले घटेको छ । यसको अर्थ ठुला कम्पनीहरूकै शेयर धमाधम घट्न थालेको देखिन्छ । सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक बजारमा कारोबार भएको थियो । सो दिन स्थिर रहेको बजार आज उच्च अङ्कले घट्न पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण