बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

दक्षिण कोरियामा नयाँ राष्ट्रपतिका लागि मतदान जारी

मङ्गलबार, २० जेठ २०८२, १५ : २३
मङ्गलबार, २० जेठ २०८२

सोल । दक्षिण कोरियामा राष्ट्रपति चुनावको लागि मतदान भइरहेको छ ।

पूर्वराष्ट्रपति युन सुक–योललाई महाभियोग लगाइएपछि हटाइएको थियो । स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म ६२ दशमलव १ प्रतिशत मतदान भएको छ ।

यस समयमा २०२२ को तुलनामा कम मतदान भएको हो । विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारुढ दलका किम मुन सूबिच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । किम मुन युन सुक–योलको मन्त्रिपरिषद्मा मन्त्री थिए ।

धेरै युवा मतदाताले देशमा निर्णायक नेता हेर्न चाहेको बताएका छन् । दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठुलो चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करसँगको व्यवहार हुनेछ । ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टीलमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका छन् ।

दक्षिण कोरिया अमेरिकामा स्टील निर्यात गर्ने चौथो ठुलो देश हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?