शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक

बुधबार, २१ जेठ २०८२, १० : ०१
बुधबार, २१ जेठ २०८२

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । 

जसमा उनले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरूसँग आग्रह गरे । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिहरेको छ । जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको आरोप लगाउँदै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्दै आएका छन् । 

गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरूको प्रश्नको जवाफ आउने भएकोले संसदमै जवाफ दिन चाहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप