डोटीमा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा आदर्श बन्यो च्याम्पियन
सारांश
- डोटीको आदर्श गाउँपालिकाले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आदर्श गाउँपालिकाले जित्यो।
- प्रतियोगितामा डडेलधुराको परशुराम नगरपालिका उपविजेता तथा बझाङको छविस पाथिभेरा गाउँपालिका तेस्रो भए।
- प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो, जसमा सुनिल बोहरा सर्वाेउत्कृष्ट भए।
धनगढी । डोटीको आदर्श गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम आदर्श गाउँपालिकाले जितेको छ।
आर्दश गाउँपालिकाको आयोजनामा आदर्शको मौवामा भएको उक्त प्रतियोगितामा डडेलधुराको परशुराम नगरपालिकालाई ३(० को सोझो सेटले जित्दै आदर्शले उपाधि जितेको हो।
प्रतियोगितामा विजेताले एक लाख एकतीस हजार एक सय एघार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ।
यस्तै प्रतियोगितामा उपविजेता परशुराम नगरपालिका भएको छ। उसले एकासी हतिस एक सय एघार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै तेस्रो स्थान हासिल गर्ने टिम बझाङको छविस पाथिभेरा गाउँपालिका रहेको छ। छविसले एकाउन्न हजार एक सय एघार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म सञ्चालन भएको थियो।प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा नरहरिनाथ गाउँपालिका कालिकोटको टिमले सान्त्वना स्थान हासिल गरेको छ।
प्रतियोगितामा उत्कृष्ट सेटर जनक खड्का, ब्लकर जितेन्द्र ढुंङ्गाल, डिफेन्डर वीरेन्द्र कोली, सन्तोष साउँदउत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर पारस सिंह, उदयमान खेलाडी जगदीश ओझा भएका छन्। उनीहरूले जनही दुई हजार, ट्रफि, प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडी सुनिल बोहरा भएका छन्। बोहराले तीन हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण