शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पोखराको कोटी होममा किन पुगे राजेश हमाल ?

बुधबार, २१ जेठ २०८२, १९ : ०४
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । ‘महानायक’ राजेश हमालले फिल्म ‘नरसिंहाः अवतार’को प्रचारलाई अझै आक्रामक रूपमा अगाडि बढाइरहेका छन् । फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको देश दौडाहा रोकिएको छैन ।

उनै, हमाल मङ्गलवार पोखरा पुगे । फिल्मको सिङ्गो टिमसहित पोखरा पुगेका हमाल दिनभर व्यस्त रहे । पोखरामा जारी गण्डकी कोटी होममा सहभागी भएका हमालले एक घण्टा समय बिताए ।

कोटी होममा पुगेर उनले जीवन,दर्शन एवं मनोरञ्जनको कुरा गरे । हमाल पोखराका मिडटाउन र क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्न पुगेका थिए । हमालको साथमा फिल्मका मुख्य नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी, वितरक छविराज ओझा लगायत पोखरा पुगेका थिए ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म जेठको ९ गतेबाट रिलिजमा आएको हो । फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकालको लगानी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप