आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
सारांश
- विश्व वातावरण दिवस 'प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व' नाराका साथ मनाइँदै छ, जसमा प्लास्टिक प्रदूषणको समस्यालाई उजागर गरिएको छ।
- सन् १९७३ देखि संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम जुन ५ मा विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो, जसमा दक्षिण कोरियामा विशेष कार्यक्रम हुँदैछ।
- एफएओका अनुसार, गैरकानुनी माछा मार्ने विरुद्धको सङ्घर्ष दिवस पनि आजै मनाइँदैछ, जसले दिगो विकास लक्ष्य प्राप्तिका लागि यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।
काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।
आज गैरकानुनी रूपमा माछामार्नेविरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ । यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण