शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

सदर चिडियाखानामा एउटा गैँडा थपियो

बिहीबार, २२ जेठ २०८२, १४ : ४८
बिहीबार, २२ जेठ २०८२

ललितपुर । विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैँडा थपिएको छ । चितवनबाट ल्याइएको गैँडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो ।

चिडियाखानामा एउटा मात्रै गैँडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको प्रयासमा अर्को गैँडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । बिहीबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैँडाको उमेर ३ वर्षको रहेको उनले बताए ।

सदर चिडियाखानाले दुईवटा गैँडा माग गरेकोमा अर्को गैँडा छिटै आउने प्रमुख साहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप