रवि लामिछानेको विचाराधीन मुद्दाबारे ‘ब्रिफिङ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सहकारी ठगी सम्बन्धी अदालतमा विचाराधीन मुद्दाका विषयमा बिहीबार ब्रिफिङ गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, सांसदहरू र पार्टीसँग आबद्ध कानुन व्यवसायीहरूको सहभागितामा कानुन विभागले लामिछानेको मुद्दाका विषयमा ब्रिफिङ गरेको हो ।
कार्यक्रममा बोल्दै अधिवक्ता सुदीज्ञ पन्तले सभापति लामिछानेलाई लगाइएका अभियोगबारे विस्तृत समष्टिगत विवरण पेस गरेका गरेका थिए । विवरणमा सबै जिल्लामा लगाइएका अभियोग समावेश थियो ।
‘संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निष्कर्ष विपरीत मुद्दा लगाइएको, लामिछानेले कुनै पनि सहकारीमा ऋण लिनका लागि निवेदन नदिएको, सहकारीबाट उहाँको बैङ्क खातामा पैसा नआएको र लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशकका रूपमा कम्पनीको खातामा रहेको पैसा खर्च गरेको हकमा आकर्षित हुँदै नहुने फौजदारी अभियोग लगाइयो,’उनले भने ।
यस्तै वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले सहकारी प्रकरणकाे मुद्दाले गोर्खा मिडियाको सम्पत्ति बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने सम्भावना समेत टारिदिएको बताए ।कानूनकाे दृष्टिबाट लामिछानेलाई अन्याय भएकाे उनले बताए । कार्यक्रममा सहभागीहरुले लामिछानेप्रति राजनीतिक प्रतिशोध साँधिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण