‘जन्ते बाख्रो’ लाई देशभर कति शो ?
सारांश
- शुक्रबारदेखि प्रदर्शन हुने फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशभरका मल्टिप्लेक्स र सिंगल थिएटरहरूमा टिकट बुकिङ सुरु भएको छ।
- फिल्मलाई क्युएफएक्सले काठमाडौं उपत्यकामा १७ र मोफसलमा २० गरी ३७ शो दिएको छ भने अन्य मल्टिप्लेक्सले पनि शो दिएका छन्।
- सिमोस सुनुवारको निर्देशन रहेको फिल्म 'जन्ते बाख्रो' मा सौगात मल्ल, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । ‘जन्ते बाख्रो’ शुक्रबारबाट प्रदर्शनको तयारी रहेको फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ । फिल्मका लागि देशभरका मल्टिप्लेक्सदेखि सिंगल थियटरसम्मले अग्रिम टिकट बुकिङ खुलाएका हुन् ।
फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकामा १७ शो र मोफसलमा २० गरी ३७ शो दिएको छ । दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईले १२ शो, वान सिनेमाजले ७ शो, एफक्युब सिनेमाजले २ शो, बिग मुभिजले २ शो, बीएसआर मुभिजले २ शो गरी देशभर करिब १ सय ५० शो दिएको छ ।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । सन्तोष गौतम निर्माता रहेको फिल्म टिफल्क फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण