गोर्खा साँझ : कुमा सागर र ख्वप ब्यान्डको दुबईमा पहिलोपटक लाइभ कन्सर्ट
सारांश
- दुबईमा गायक कुमार सागर र ख्वप ब्यान्डको सांगीतिक कार्यक्रम जुलाई २० मा हुने।
- कार्यक्रम गोर्खा साँझ अन्तर्गत आयोजना हुने र यसले नेपाली समुदायलाई लाइभ संगीतको आनन्द दिनेछ।
- कार्यक्रम अल नासर क्लबमा हुनेछ, टिकट शुल्क ५० दिराम तोकिएको छ, र दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अनुमान छ।
दुबई । आगामी जुलाई २० तारिखका दिन दुबईमा पहिलोपटक गायक कुमा सागर र लोकप्रिय ख्वप ब्यान्डको बृहत् सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
नेपाली समुदायको सांगीतिक स्वादलाई मध्यनजर गर्दै तेस्रो संस्करणको गोर्खा साँझ अन्तर्गत यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई लाइभ नेपाली संगीतको प्यास मेटाउने अपेक्षा गरिएको छ।
कार्यक्रम दुबईस्थित अल नासर क्लबमा आयोजना हुने आयोजक तथा एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । जुन स्थान औद मेथा मेट्रो स्टेशनको नजिकै पर्छ। दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने कार्यक्रममा नेपाली सांगीतिक रंग, मेलोडी र देशप्रेमको समिश्रण रहने ठकुरीको भनाइ छ।
कार्यक्रमको प्रवेश शुल्क ५० दिराम तोकिएको छ भने दर्शकहरूले लाइभ सांगीतिक अनुभव लिन पाउनेछन्।
गायक कुमार सागर आफ्ना ‘देशप्रेमी’ तथा ‘प्यासनल’ गीतहरूका लागि परिचित छन् भने ख्वप ब्यान्डले पछिल्लो दशकमा नेपालको मौलिकता झल्काउने संगीतमार्फत छुट्टै पहिचान बनाइसकेको छ। दुबईमा उनीहरू दुवै पहिलोपटक एकै मञ्चमा देखिन लागेकोले कार्यक्रम थप रोमाञ्चक हुने विश्वास गरिएको छ।
गोरखा साँझले यसअघि पनि युएईमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। आयोजक भीम मल्ल ठकुरीले भने, “यो केवल कन्सर्ट होइन, हाम्रो पहिचान, भावना र एकता प्रदर्शन गर्ने अवसर हो ।”
दुबईलगायत यूएईभरिबाट दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको कार्यक्रमका लागि आयोजकले समयमै टिकट सुनिश्चित गर्न आग्रह गरेको छ ।
कार्यक्रमको टाइटल स्पोन्सर माउन्ट एभरेस्ट सुपरमार्केट रहेको छ भने अन्य सहयोगी संस्थाहरुले पनि कार्यक्रमलाई भव्य बनाउन साथ दिने क्रम जारी रहेको ठकुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण