शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
सारांश
- शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा रहेको ‘हुन्छ मात्रै भन न मायाले, सिङ्गै जोबन दिन्छु’ बोलको गीत सार्वजनिक भएको छ।
- गीतमा मायाप्रेमको निस्वार्थ प्रस्ताव र पश्चिम नेपालको सांस्कृतिक पक्षलाई प्रस्तुत गरिएको छ, जसमा ‘सिङ्गै जोबन दिन्छु’ भन्ने भाव समेटिएको छ।
- गीतमा लोकपप शैली, ग्रामीण भाषिकता, र कलाकारहरूको अभिनय रहेको छ, यो बिहीबार कोइरालाको युट्युब च्यानलमा सार्वजनिक भएको हो।
काठमाडौँ । शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘हुन्छ मात्रै भन न मायाले, सिङ्गै जोबन दिन्छु’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतमा मायाप्रेमको निस्वार्थ प्रस्तावका साथै पश्चिम नेपाल (विशेषतः सुर्खेत) को सांस्कृतिक र भाषिक सुगन्ध झल्किन्छ। गीतकार विक्रमबाबु विश्वकर्माले माया प्राप्तिको लागि ‘सिङ्गै जोबन दिन्छु’ भन्ने अभिव्यक्तिमार्फत प्रेममा आफूलाई पूर्ण रूपमा समर्पण गर्न तयार पात्रको कथालाई सुन्दर शब्दमा उनेका छन् ।
गीतमा उल्लेखित ‘टक्क शिरमा सिन्दूर लाउली, बसी बसी मिठो खाउली’ भन्ने पङ्क्तिले परम्परागत विवाहपछिको प्रेमिल जीवनको कल्पना प्रस्तुत गरिएको छ ।
गीतमा ‘सुर्खेतमा छिन्छु’ भन्ने लाइनले भौगोलिक पहिचानलाई संगीतमार्फत जोड्ने काम गरेको छ।
गीतलाई नेपाली समाजको समर्पणशील प्रेम भावना, सांस्कृतिक आङ्गिकता र आधुनिक लय संयोजनको राम्रो मान्न सकिन्छ।
गीतले एउटा सामान्य प्रेम प्रस्तावलाई जनप्रिय शैलीमा प्रस्तुत गर्दै, ग्रामीण भाषिकता र सजीव संवादमार्फत श्रोतामाझ गहिरो प्रभाव छोड्ने प्रयास गरेको छ । लोकपप शैलीको यो गीतमा कोरस भोकलको रुपमा रञ्जित विश्वकर्मा, अमरराज विश्वकर्मा, शीतल कल्पना र लक्ष्मी बीसीलाई अवसर दिइएको छ भने गीतको म्युजिक भिडियोमा विजय पुन, गुड्डु तामाङ, विनु पोर्तेल र स्वयम् धीरज कोइरालाको अभिनय रहेको छ । गीत बिहीबार कोइरालाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण