तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
शनिबार, २४ जेठ २०८२, १६ : ३०
सारांश
- सरकारले नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउन ३ करोड विनियोजन गरेको छ।
- काठमाडौं महानगरपालिका १३ मा भवन निर्माणका लागि बजेट विनियोजन भएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।
- उक्त रकम उपप्रधानमन्त्री प्रकाशमान सिंहको मन्त्रालयमार्फत विनियोजन गरिएको हो, जसले आलोचना निम्त्याएको छ।
काठमाडौँ । सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
उक्त रकम उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको मन्त्रालयमार्फत विनियोजन गरिएको हो । प्रकाशमान गणेशमानका छोरा हुन् ।
भवन निर्माणार्थ सहरी विकास मन्त्रालयबाट आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत तीन करोड विनियोजन भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले सार्वजनिक गरेका हुन् । भवन निर्माणका लागि बजेट विनियोजनको पहल गरेकोमा गुरुङले सभापति शेरबहादुर देउवा र मन्त्री सिंहलाई धन्यवाद दिँदै फेसबुकमा पत्रसहित सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण