वीरगञ्जस्थित बाल उद्यान अब शङ्खधर साख्वः उद्यान
सारांश
- वीरगञ्ज महानगरपालिकाले बाल उद्यानलाई शङ्खधर साख्वः उद्यानको रूपमा पुन: सञ्चालनमा ल्याएको छ।
- उद्यान २ बिघा क्षेत्रफलमा विस्तार गरिएको छ, जसमा विभिन्न पूर्वाधार र सौन्दर्यकरणका लागि रु एक करोड २५ लाख खर्च भएको छ।
- मेयरका अनुसार, यो उद्यान वीरगञ्जवासीको जीवनशैली, संस्कृति र मनोरञ्जनको केन्द्र बन्नेछ।
वीरगञ्ज । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो समयदेखि बन्द रहेको थियो ।
विगतमा १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको अतिक्रमण हटाउँदै अहिले भने दुई बिघा क्षेत्रमा फैलिएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले शङ्खधर साख्वः उद्यान केवल सौन्दर्यकरणको परियोजना मात्र नभएर वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको बताए ।
“शङ्खधर साख्वः पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौँ”, उनले भने, “यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पुर्याउने छ ।”
महानगरका अनुसार रु एक करोड २५ लाख खर्च गरेर उद्यानको पूर्वाधार निर्माण तथा सौन्दर्यकरणको काम गरिएको हो । अहिले उद्यानमा पानीको फोहोरा, खुलामञ्च, वनभोजस्थल, नृत्यस्थल, टेबलटेनिस कोर्ट, योगस्थल र प्रभातयात्रा गर्न मिल्ने ट्रयाकको पनि सुविधा छ । उद्यानको सुरक्षाका लागि चौतर्फी पर्खाल लगाइएको छ । उद्यानमा हरेक दिन बिहान ६ः०० देखि ८ः०० बजेसम्म र बेलुका ५ः०० देखि ८ः०० बजेसम्म खुला रहने महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण