भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी रहेपनि कुनै सहमति नभएको बताएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबिच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन् । छानबिन समिति बनाउनुपर्छ भन्नेमा आफूहरूको अडान कायमै रहेको उनले बताए ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफूहरू निरन्तर छलफलमा रहे पनि विषयको गाम्भीर्यतालाई सत्तापक्षले बुझ्न नसकेको बताए ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने आफूहरूको न्यूनतम माग रहेको उनले उल्लेख गरे । सदनको गतिरोध खुलाउने प्रयास जारी रहेको भन्दै परियारले सोमबार सदन बस्नुअघि दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरे ।
उनले छलफलबाटै समस्याको हल गर्ने पक्षमा आफूहरू पनि रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट