नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो
काठमाडौं । नेपाल लिकर्स प्रा.लि.ले आफ्नो ४६औं स्थापना दिवस मनाएको छ। सन् १९७९ जुन ७ मा स्व. भक्त बीर सिंह तुलाधरले स्थापना गरेको कम्पनीले नेपाली मदिरा उद्योगमा गुणस्तरीय उत्पादनमार्फत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
स्थापनाको समयदेखि नै उच्च गुणस्तरको स्पिरिट पोर्टफोलियो निर्माण गर्ने उद्देश्यले अघि बढेको कम्पनीले इमानदारी, कडा मेहनत र मौलिक मूल्यमा आधारित विरासतलाई कायम राख्दै आएको छ।
संस्थापक तुलाधरको अटुट समर्पण र दूरदृष्टिले नेपालमा मदिरा उद्योगको आधार तय गरेको कम्पनीको भनाइ छ। अहिले कार्यकारी अध्यक्ष राजेश बीर सिंह तुलाधरको नेतृत्वमा कम्पनी नयाँ ऊर्जा, साहसिक महत्वाकांक्षा र समर्पित टिमको साथ अघि बढिरहेको छ।
४६ वर्ष लामो यात्रामा कम्पनीले लचिलोपन, निरन्तर प्रगति र दूरदर्शिता प्रदर्शन गर्दै नेपाली बजारमा विश्वस्तरको गुणस्तरीय उत्पादन ल्याउन सफल भएको जनाएको छ।
स्थापनाको यो विशेष अवसरमा कम्पनीले अतीतलाई कृतज्ञतापूर्वक सम्झँदै उत्कृष्टता र नेपाली आत्माको परम्परालाई गर्वका साथ भविष्यतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण