सीसी क्यामेरा बन्द गरी डिजेल चोर्ने आयल निगमका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा
सारांश
- पोखरास्थित नेपाल आयल निगमको डिपोमा पेट्रोलियम पदार्थ चोरी आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर।
- कार्यालय प्रमुखसहित मिलेमतोमा सीसी क्यामेरा बन्द गरी डिजेल चोरी गरेको पुष्टि।
- २०८० साउनमा १२ हजार लिटरको अर्डरमा ३ हजार ३८ लिटर बढी डिजेल लोड गरेको आरोप।
काठमाडौँ । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
गण्डकी प्रादेशिक कार्यालय, पोखराका कार्यालय प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण राणाभाट र ट्याङ्कर चालक निर्मल थापाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।
उनीहरूले मिलेमतोमा सीसी क्यामरा बन्द गरी नियतवश बढी डिजेल लोड गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो । २०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्स कम्पनीले १२ हजार लिटर डिजेलको अर्डर गरी निगमको खातामा भुक्तानी गरेको थियो । तर मिलेमतोमा सिसी क्यामेरा बन्द गरी ३ हजार ३८ लिटर बढी डिजेल लोड गरी पठाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
उक्त डिजेल ग २ ख ८३६ नम्बरको ट्याङ्करमा लोड गरी डिपोबाट लगिएको थियो । पोखरा महानगरपालिका २७ मा रोकी गरिएको चेकजाँचमा ट्याङ्करमा १५ हजार ३८ लिटर डिजेल फेला परेको थियो । उनीहरु विरुद्ध जनही ४ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण