आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

सीसी क्यामेरा बन्द गरी डिजेल चोर्ने आयल निगमका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा

आइतबार, २५ जेठ २०८२, १७ : ४६
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • पोखरास्थित नेपाल आयल निगमको डिपोमा पेट्रोलियम पदार्थ चोरी आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर।
  • कार्यालय प्रमुखसहित मिलेमतोमा सीसी क्यामेरा बन्द गरी डिजेल चोरी गरेको पुष्टि।
  • २०८० साउनमा १२ हजार लिटरको अर्डरमा ३ हजार ३८ लिटर बढी डिजेल लोड गरेको आरोप।

काठमाडौँ  । नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरा अन्तर्गत गगनगौडास्थित डिपोमा पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराका कार्यालय प्रमुख चितरंजन दास, पश्चिमाञ्चल ट्रेडर्स तथा कम्पनीका सञ्चालक बाबुराम जम्मकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण राणाभाट र ट्याङ्कर चालक निर्मल थापाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरूले मिलेमतोमा सीसी क्यामरा बन्द गरी नियतवश बढी डिजेल लोड गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो । २०८० साउन २५ गते पश्चिमाञ्चल ट्रेडर्स कम्पनीले १२ हजार लिटर डिजेलको अर्डर गरी निगमको खातामा भुक्तानी गरेको थियो । तर मिलेमतोमा सिसी क्यामेरा बन्द गरी ३ हजार ३८ लिटर बढी डिजेल लोड गरी पठाएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

उक्त डिजेल ग २ ख ८३६ नम्बरको ट्याङ्करमा लोड गरी डिपोबाट लगिएको थियो । पोखरा महानगरपालिका २७ मा रोकी गरिएको चेकजाँचमा ट्याङ्करमा १५ हजार ३८ लिटर डिजेल फेला परेको थियो । उनीहरु विरुद्ध जनही ४ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप