सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

चलचित्र ‘द ब्लु लाइट’को पाेस्टर सार्वजनिक

आइतबार, २५ जेठ २०८२, २१ : ४६
आइतबार, २५ जेठ २०८२

काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलाे तस्बिर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार चलचित्रको एक पोस्टर सार्वजनिक गरेको हो । 

पोस्टरमा बेनिशा हमाल देखिएकी छिन् । उनलाई बारमा देखाइएको छ । औँलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिन्छिन् । पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडि रक्सीको कप र औँलाको चुरोटले उनी बार गर्ल रहेको सङ्केत गर्छ ।

बेनिशाको रोल र चलचित्रको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माण पक्षले जनाएको छ । पोस्टरले कतै यो सिनेमाले काठमाडौँको रङ्गिन नाइट लाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने सङ्केत गरेको छ । तर, प्रस्ट छैन ।

गत बिहीबारदेखि छायाङ्कन सुरु भएको चलचित्रले छायाङ्कन र प्रचार सँगसँगै गरिरहेको छ ।काठमाडौँ उपत्यकामै छायाङ्कन भइरहेको चलचित्रका निर्देशक बलिराम चौहान हुन् ।

चलचित्रमा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बालकलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्मा देखिनेछन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्न लागेको हो । चलचित्रको कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् । चलचित्र २०२५ भित्रै रिलिज हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप