सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
आइतबार, २५ जेठ २०८२, २२ : २९

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि इन्स्टा फाइनान्स सेवा अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवाको लागि योग्य हुन नेपाली नागरिकता मात्र आवश्यक हुनेछ।
सुरुमा, यो ‘एक कागजात’ प्रक्रिया केवल सामसङ टिभीहरूमा सीमित थियो भने, घरेलु उपकरणका लागि थप कागजातहरू चाहिन्थ्यो। तर अब यो सुविधा सबै घरेलु उपकरणहरूमा पनि विस्तार गरिएको छ।
अब ग्राहकहरूले नागरिकता प्रमाणपत्र र ग्राहक तथा ग्यारेन्टरको दुई–दुईवटा पासपोर्ट साइज फोटो साथ लिएर नयाँ सामसङ टिभी वा घरेलु उपकरण घर लैजान सक्नेछन्, त्यो पनि आवेदन दिएको एक घण्टाभित्रै।
यो सुविधा २०२५ जुन १ देखि लागू हुने छ, जुन अन्तर्गत रु ३०,००० वा सोभन्दा माथिको सामसङ टिभी वा घरेलु उपकरण किन्न सकिनेछ। ग्राहकले कुल मूल्यको ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि, ० प्रतिशत ब्याजदरमा १२ महिनाको ईएमआई सुविधा पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड