सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
आइतबार, २५ जेठ २०८२, २२ : २९
काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि इन्स्टा फाइनान्स सेवा अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवाको लागि योग्य हुन नेपाली नागरिकता मात्र आवश्यक हुनेछ।
सुरुमा, यो ‘एक कागजात’ प्रक्रिया केवल सामसङ टिभीहरूमा सीमित थियो भने, घरेलु उपकरणका लागि थप कागजातहरू चाहिन्थ्यो। तर अब यो सुविधा सबै घरेलु उपकरणहरूमा पनि विस्तार गरिएको छ।
अब ग्राहकहरूले नागरिकता प्रमाणपत्र र ग्राहक तथा ग्यारेन्टरको दुई–दुईवटा पासपोर्ट साइज फोटो साथ लिएर नयाँ सामसङ टिभी वा घरेलु उपकरण घर लैजान सक्नेछन्, त्यो पनि आवेदन दिएको एक घण्टाभित्रै।
यो सुविधा २०२५ जुन १ देखि लागू हुने छ, जुन अन्तर्गत रु ३०,००० वा सोभन्दा माथिको सामसङ टिभी वा घरेलु उपकरण किन्न सकिनेछ। ग्राहकले कुल मूल्यको ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि, ० प्रतिशत ब्याजदरमा १२ महिनाको ईएमआई सुविधा पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण