सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै

सोमबार, २६ जेठ २०८२, १० : २५
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण श्वासप्रश्वाससम्बन्धी रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
  • दमको समस्या बढेपछि जेठ १८ गते आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ ।
  • नेता इन्द्रमोहन सिग्देलका अनुसार, आमाको अन्तिम संस्कारपछि काठमाडौं फर्किने क्रममा वैद्यको स्वास्थ्यमा समस्या देखिएको थियो।

काठमाडौँ । श्वास प्रश्वाससम्बन्धी रोगले च्यापेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार जारी छ ।

 पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको नेता इन्द्रमोहन सिग्देलले जानकारी दिए ।

‘उहाँको पुरानो रोग दम बढेर अस्पताल भर्ना गरिएको हो । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर छ । जनरल वार्डमा सार्ने विषयमा डाक्टरले केही भनेका छैनन्’, रातोपाटीसँग उनले भने । 

वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा नै महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर रहेको सिग्देलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप