९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै
सोमबार, २६ जेठ २०८२, १० : २५
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण श्वासप्रश्वाससम्बन्धी रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
- दमको समस्या बढेपछि जेठ १८ गते आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ ।
- नेता इन्द्रमोहन सिग्देलका अनुसार, आमाको अन्तिम संस्कारपछि काठमाडौं फर्किने क्रममा वैद्यको स्वास्थ्यमा समस्या देखिएको थियो।
काठमाडौँ । श्वास प्रश्वाससम्बन्धी रोगले च्यापेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार जारी छ ।
पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको नेता इन्द्रमोहन सिग्देलले जानकारी दिए ।
‘उहाँको पुरानो रोग दम बढेर अस्पताल भर्ना गरिएको हो । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर छ । जनरल वार्डमा सार्ने विषयमा डाक्टरले केही भनेका छैनन्’, रातोपाटीसँग उनले भने ।
वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौँ फर्किने क्रममा नै महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर रहेको सिग्देलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण