सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी
सारांश
- प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस र रास्वपाबीच छलफल भइरहेको छ।
- विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गरेका छन्, जसका कारण सदन अवरुद्ध छ।
- कांग्रेसले अख्तियारको छानबिनपछि अध्यागमनबारे छानबिन समिति बनाउने प्रस्ताव राखेको छ, तर विपक्षी दलहरू सहमत छैनन्।
काठमाडौँ । जेठ १३ गतेदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच छलफल भइरहेको छ । सोमबार संसद् भवन नयाँ वानेश्वरमा भइरहेको छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
प्रतिपक्षी दलहरूको बैठक लगत्तै दुई पार्टीका नेताहरूबिच बैठक सुरु भएको हो । प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको प्रतिबद्धता नआएसम्म सदन खोल्न नदिने बताएका छन् । कांग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सकेपछि अध्यागमनको काम कारबाहीबारे छानबिन समिति बनाउन सक्ने बताएको छ । यसैमा कुरा मिलेको छैन ।
रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालले कांग्रेससँग सदनको गतिरोध अन्त्यका लागि छलफल भइरहेको जानकारी दिए । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ ।
अवरोध खुलाउन सत्तारुढ दल कांग्रेसले अहिले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने र अख्तियारको छानबिन सकिएपछि भिजिट भिसाका सम्बन्धमा अध्यागमन देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्नका निमित्त के कस्ता संरचनागत कानुनी सुधार गर्नुपर्छ त्यसबारे सरकारले के के काम अगाडि बढाउन पर्छ भनेर सुझाव दिन समिति बनाउने भन्ने प्रस्ताव प्रतिपक्षी दलहरूसँग राखेको छ । कांग्रेसको त्यो प्रस्ताव मान्न प्रतिपक्षी दलहरू तयार भएका छैनन् ।
प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण