प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित
सोमबार, २६ जेठ २०८२, १७ : ५१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सभा जेठ २६ गते, सोमबार काठमाडौंमा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०७९/८० काे लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, उक्त वर्षको मुनाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।
बोनस सेयर वितरणपछि बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको सीमा कम्पनीले पुरा गर्ने जनाएको छ। सभाले लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत स्वीकृत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’