नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
मङ्गलबार, २७ जेठ २०८२, ०६ : ३९

काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले १३ औँ वसन्तमा पाइला टेकेको रातोपाटी डटकमलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
सबैको र सबैभन्दा राम्रो हुने सङ्कल्प गरेको रातोपाटी डटकम आफ्नो मार्गबाट विचलित नभई डिजिटल अक्षर, स्वर र दृश्यको माध्यमबाट देश र जनतालाई सधैँ निष्पक्ष सूचना र समाचार सम्प्रेषण गर्न सकोस् भन्ने अध्यक्ष शर्माको भनाई रहेको छ ।
अध्यक्ष शर्माले सन्देशमा भनेकी छन्, ‘सूचना र सञ्चार उद्योगले राष्ट्रको दीर्घकालीन र तत्कालीन लक्ष्य हासिल गर्ने कार्यमा सघाउ पुऱ्याइरहेको हुन्छ । रातोपाटी डटकम जस्तो व्यावसायिक सञ्चारमाध्यमले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा थप दृढतापूर्वक टेवा पुऱ्याओस् भन्ने कामना पनि गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ