नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
मङ्गलबार, २७ जेठ २०८२, ०६ : ३९
काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले १३ औँ वसन्तमा पाइला टेकेको रातोपाटी डटकमलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
सबैको र सबैभन्दा राम्रो हुने सङ्कल्प गरेको रातोपाटी डटकम आफ्नो मार्गबाट विचलित नभई डिजिटल अक्षर, स्वर र दृश्यको माध्यमबाट देश र जनतालाई सधैँ निष्पक्ष सूचना र समाचार सम्प्रेषण गर्न सकोस् भन्ने अध्यक्ष शर्माको भनाई रहेको छ ।
अध्यक्ष शर्माले सन्देशमा भनेकी छन्, ‘सूचना र सञ्चार उद्योगले राष्ट्रको दीर्घकालीन र तत्कालीन लक्ष्य हासिल गर्ने कार्यमा सघाउ पुऱ्याइरहेको हुन्छ । रातोपाटी डटकम जस्तो व्यावसायिक सञ्चारमाध्यमले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिमा थप दृढतापूर्वक टेवा पुऱ्याओस् भन्ने कामना पनि गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण