'महाभोज'ले पोखरामा गर्यो प्रिमियर
सारांश
- दिनेश राउतको निर्देशन रहेको फिल्म 'महाभोज' को पोखरामा प्रिमियर गरियो, जसमा कलाकार र विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
- दर्शकहरूले फिल्मको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरे, र यसले विद्रोह जन्माउन सक्ने बताए।
- 'महाभोज' यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ, र यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि हुनेछ।
काठमाडौँ । दिनेश राउतको निर्देशन रहेको फिल्म ‘महाभोज’को सोमबार पोखरामा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायत सहभागी थिए ।
अतिथिको रूपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारको उपस्थिति थियो । फिल्म हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् ।
फिल्मको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ ले विगतमा ‘आगो’ फिल्मले जस्तै विद्रोह जन्माउन सक्ने बताए ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् । फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्म ‘महाभोज’ यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदै छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण