कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने
सारांश
- कृषा चौलागाईँको निर्देशनमा बन्ने फिल्मको नाम 'जहाजैमा' सार्वजनिक गरिएको छ, जसले जापान जाने युवाहरूको कथा भन्नेछ।
- फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा बन्नेछ र यसको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुनेछ।
- यो फिल्म सन् २०२६ मा रिलिज हुनेछ र कृषा 'जहाजैमा' पछि 'पीताम्बर २' बनाउने तयारीमा छिन्।
काठमाडौँ । कृषा चौलागाईँको निर्देशनमा तयार हुन लागेको फिल्मको नाम सार्वजनिक गरिएको छ । केही दिन अगाडि कृषाले जापानमा पुगेर यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्म साइन गरेकी थिइन् ।
यो फिल्मको नाम ‘जहाजैमा’ राखिएको छ । फिल्मको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाहरूको कथा भन्छ ।
उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकारहरूको लाइनअप सार्वजनिक गरिएको छैन । फिल्मलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गर्ने पक्का भइसकेको छ ।
सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो फिल्मलाई भदौबाट छायाङ्कन गरिनेछ । फिल्मको छायाङ्कन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ ।
फिल्म ‘पीताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पीताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।
जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा नेपाल र जापानका कलाकारहरूको अभिनय रहनेछ ।
एक महिनासम्म फिल्मको छायाङ्कन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण