बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय
भिडियो संवाद

वाईसीएल अध्यक्ष ओलीलाई प्रश्न : तपाईंलाई टिके अध्यक्ष किन नभन्ने ? (भिडियोसहित)

मङ्गलबार, २७ जेठ २०८२, १६ : ०३
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • माओवादी जनयुद्धमा घाइते भएका पुष्प ओली वाईसीएलको अध्यक्ष बनेका छन्।
  • ओली जनयुद्धको समयमा घाइते भएको र उनले शरीरमा गोलीका छर्रा बोकेर हिँड्नुपरेको छ।
  • रातोपाटीसँगको कुराकानीमा उनलाई टिके अध्यक्ष किन भन्ने लगायतका प्रश्नहरू सोधिएका छन्।

पुष्प ओली माओवादी जनयुद्धका क्रममा तनहुँको डुम्रेमा बम विस्फोट परी गम्भीर घाइते भए । उनको आँखा, मुख, हात, खुट्टामा गोली लागेको थियो भने उनको शरीरमा अहिले पनि गोलीका छर्रा बाँकी नै छन् । 

माओवादी जनयुद्धमा लागेकै कारण उनले शरीरमा गोलीको छर्रा बोकेर हिँड्नुपरेको हो । विद्यालयमा पढ्दापढ्दै २०५७ सालदेखि अखिल क्रान्तिकारीमा आबद्ध भएका ओली नेकपा माओवादी केन्द्रको शक्तिशाली भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को सचिव, उपमहासचिव हुँदै अहिले अध्यक्ष बन्न सफल भएका छन् । 

उनै ओलीसँग सार्वभौम प्रतिनिधिलाई बाइपास गरेर नेताको आशीर्वादबाट अध्यक्ष हुनुभयो, तपाईंलाई टिके अध्यक्ष किन नभन्ने ? वाईसीएलले चन्दा उठाउने, डर, त्रास र आतङ्कित बनाउने बाहेक अरू के काम गर्छ ? ७५ सदस्यीय पदाधिकारी, ३ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाएर यो जग हँसाई केका लागि ? नयाँ अध्यक्षका आगामी कार्य योजना केके हुन् ? पार्टीका भ्रातृ सङ्गठनहरूलाई पार्टी नेताहरूले किन बारम्बार गिजोल्छन् ? सहितका प्रश्नमा केन्द्रित रहेर नवनिर्वाचित वाईसीएल अध्यक्ष पुष्प ओलीसँग रातोपाटीले गरेको भिडियो संवाद-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप