इटहरीमा टाटा योधा १.५टीको क्षेत्रीय लञ्च
इटहरी । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले व्यवसायिक प्रयोजनका लागि नयाँ सवारी टाटा योधा १.५टीको क्षेत्रीय लञ्च कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न उद्योग व्यवसायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष राम स्वरूप शर्माले टाटाका गाडीहरू नेपाली भूगोल र सडक अवस्थाका लागि अत्यन्तै उपयुक्त रहेको उल्लेख गर्दै योधा १.५टीलाई टिकाउ, किफायती र भरपर्दो सवारीको रूपमा वर्णन गरे। उनले बिक्रीपछिको सेवा सिप्रदीमार्फत उत्कृष्ट ढंगले उपलब्ध हुँदै आएको पनि बताए।
कार्यक्रममा विशेष अतिथिका रूपमा अशोक जैन, मनोज कुँवर, जितेन्द्र दाहाल, राजेश खनाल र राजेन्द्र राईलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सिप्रदी ट्रेडिङ्गका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले कार्यक्रममा बोल्दै सिर्जनशील प्रविधि, भरपर्दो सवारी र सशक्त सेवा सञ्जालको संयोजन नै सिप्रदी र टाटा योधाको पहिचान भएको बताए। उनका अनुसार सिप्रदीको उद्देश्य केवल गाडी बिक्रीमा सीमित नभई ग्राहकसँगको दीर्घकालीन सम्बन्ध निर्माण र व्यवसायिक यात्रालाई सफल बनाउनु हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण