सिटीले भित्र्यायो सिरि एका ‘उत्कृष्ट मिडफिल्डर’, डी ब्रुयनाको विकल्प बन्ने
सारांश
- म्यानचेस्टर सिटीले एसी मिलानका मिडफिल्डर टिजानी रेइन्डर्सलाई ४ करोड ६५ लाख पाउन्डमा खरिद गर्दै ५ वर्षको लागि अनुबन्ध गरेको छ।
- रेइन्डर्स नेदरल्याण्ड्सका हुन् र उनले गत सिजन मिलानका लागि ५४ खेलमा १५ गोल गरेका थिए तथा इटालियन सिरि ए मा उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए।
- पेप ग्वार्डिओलाले उनलाई केभिन डी ब्रुयनाको विकल्पको रूपमा क्लबमा ल्याएका हुन् र उनी क्लब विश्वकपका लागि खेल्न योग्य छन्।
म्यानचेस्टर । म्यानचेस्टर सिटीले एसी मिलानका मिडफिल्डर टिजानी रेइन्डर्सलाई अनुबन्ध गरेको छ । सिटीले रेइन्डर्सलाई ४ करोड ६५ लाख पाउन्डमा खरिद गर्दै ५ वर्षका लागि करार सम्झौता गरेको हो ।
नेदरल्याण्ड्सका मिडफिल्डर पेप ग्वार्डिओलाले नयाँ सिजनका लागि भित्र्याएको चौथो खेलाडी हुन् । यसअघि, टोलीले रायन ऐट-नाउरी, मार्कस बेटिनेली र रायन चर्कीलाई अनुबन्ध गरिसकेको छ ।
२६ वर्षीय रेन्डर्स अमेरिकामा हुने क्लब विश्वकपका लागि पनि खेल्न पाउनेछन् । उनले १८ जुनमा वाइडाड एफसीविरुद्धको खेलमा डेब्यू गर्न सक्छन् ।
मिडफिल्डरले नेदरल्याण्ड्सका लागि २३ खेल खेलेका छन् । उनले गत सिजन मिलानका लागि ५४ खेलमा १५ गोल गरेका थिए । उनी इटालियन सिरि ए मा सिजनको उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । रेइन्डर्सलाई केभिन डी ब्रुयनाको विकल्पका रूपमा ग्वार्डिओलाले क्लबमा भित्र्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण