सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

सिटीले भित्र्यायो सिरि एका ‘उत्कृष्ट मिडफिल्डर’, डी ब्रुयनाको विकल्प बन्ने

बुधबार, २८ जेठ २०८२, १६ : ४२
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • म्यानचेस्टर सिटीले एसी मिलानका मिडफिल्डर टिजानी रेइन्डर्सलाई ४ करोड ६५ लाख पाउन्डमा खरिद गर्दै ५ वर्षको लागि अनुबन्ध गरेको छ।
  • रेइन्डर्स नेदरल्याण्ड्सका हुन् र उनले गत सिजन मिलानका लागि ५४ खेलमा १५ गोल गरेका थिए तथा इटालियन सिरि ए मा उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए।
  • पेप ग्वार्डिओलाले उनलाई केभिन डी ब्रुयनाको विकल्पको रूपमा क्लबमा ल्याएका हुन् र उनी क्लब विश्वकपका लागि खेल्न योग्य छन्।

म्यानचेस्टर । म्यानचेस्टर सिटीले एसी मिलानका मिडफिल्डर टिजानी रेइन्डर्सलाई अनुबन्ध गरेको छ । सिटीले रेइन्डर्सलाई ४ करोड ६५ लाख पाउन्डमा खरिद गर्दै ५ वर्षका लागि करार सम्झौता गरेको हो ।

नेदरल्याण्ड्सका मिडफिल्डर पेप ग्वार्डिओलाले नयाँ सिजनका लागि भित्र्याएको चौथो खेलाडी हुन् । यसअघि, टोलीले रायन ऐट-नाउरी, मार्कस बेटिनेली र रायन चर्कीलाई अनुबन्ध गरिसकेको छ ।

२६ वर्षीय रेन्डर्स अमेरिकामा हुने क्लब विश्वकपका लागि पनि खेल्न पाउनेछन् । उनले १८ जुनमा वाइडाड एफसीविरुद्धको खेलमा डेब्यू गर्न सक्छन् ।

मिडफिल्डरले नेदरल्याण्ड्सका लागि २३ खेल खेलेका छन् । उनले गत सिजन मिलानका लागि ५४ खेलमा १५ गोल गरेका थिए । उनी इटालियन सिरि ए मा सिजनको उत्कृष्ट मिडफिल्डर घोषित भएका थिए । रेइन्डर्सलाई केभिन डी ब्रुयनाको विकल्पका रूपमा ग्वार्डिओलाले क्लबमा भित्र्याएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप