सुदूरपश्चिमकी संगीताको कीर्तिमानी दौड
कैलाली । १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा तर्फको ४ सय मिटर दौडमा नयाँ कीर्तिमान कायम गरेकी छिन् ।
बुधबार उनले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै विगतको रेकर्ड तोड्न सफल भएकी हुन् । २०७६ सालमा अरुणा रिजालले बनाएको १ मिनेट ०१.३० सेकेन्डको पुरानो कीर्तिमानलाई संगीता विकले ०.११ सेकेन्डले सुधार गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् ।
प्रतियोगितामा उनको प्रदर्शन उल्लेखनीय रह्यो । उनले सुदूरपश्चिम प्रदेशको खेलकुद इतिहासमा नयाँ उपलब्धि थपेकी छिन् ।राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नेपालभरिका विद्यालयस्तरीय खेलाडीहरूको सहभागितामा भलिबल, कराँते, दौड, कबड्डी,उस्सुका खेलहरू काठमाडौँ दशरथ रङ्गशालामा भइरहेका छन् ।
प्रतियोगिताका खेलहरू आजदेखि सञ्चालनमा आएका छन् । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण