रबाडाको फाइफरपछि स्टार्कको झट्का
सारांश
- लर्ड्समा भएको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको पहिलो दिन बलरहरू हाबी भए। अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा १४ विकेट खसे।
- दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोजेपछि अस्ट्रेलिया २१२ रनमा समेटियो, जसमा बिउ वेब्सटरले ७२ र स्टिभ स्मिथले ६६ रन बनाए।
- दक्षिण अफ्रिकाले ब्याटिङको सुरुवात राम्रो गर्न सकेन र पहिलो दिनको खेल समाप्तिमा ४ विकेट गुमाएर ४३ रन बनायो।
लर्ड्स । वर्ल्ड टेस्ट च्याम्पियनसीपको फाइनल खेलको पहिलो दिन बलरहरू हाबी भएका छन् । लर्ड्स क्रिकेट मैदानमा जारी अस्ट्रेलिया र दक्षिणविरुद्धको खेलको पहिलो दिन नै १४ वटा विकेट खसेका हुन् ।
खेलमा टस जितेर दक्षिण अफ्रिकाले पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । कागिसो रबाडाले ५ विकेट लिएपछि अस्ट्रेलियाको पहिलो इनिङ्स २ सय १२ रनमा समेटियो ।
टोलीका लागि बिउ वेब्सटरले सर्वाधिक ७२ रनको योगदान दिए । उनले ९२ बलमा ११ चौका प्रहार गरे । पूर्व कप्तान स्टिभ स्मिथले ६६ रन बनाए । उनले १० चौका हिर्काए ।
विकेटकिपर एलेक्स केरीले २३, मार्नस लबुस्चेनले १७ तथा ट्राभिस हेडले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
रबडाले १५.४ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए । उनलाई मार्को यानसेनले ३ विकेट लिँदै राम्रो साथ दिए । केशव महाराज र ऐडन मार्क्रमले १–१ विकेट हात पारे ।
त्यसपछि ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाको सुरुवात पनि राम्रो हुन सकेन । पहिलो ओभरमा नै मार्क्रम शून्य रनमा मिचेल स्टार्कको सिकार बने ।
रायन रिकेल्टनले १६ रन बनाउनुबाहेक वियान मुल्डर र ट्रिस्टन स्टब्सले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा ४३ रन बनाएको छ ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ७ ओभरमा १० रन खर्चेर २ विकेट लिएका छन् । जोस हेजलवुड र कप्तान प्याट कमिन्सले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण