पूर्वराष्ट्रपति कोशी आउँदा स्वागत गर्नुपर्थ्यो, गर्यौँ : शेरधन राई
सारांश
- नेकपा एमालेका नेता शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने इच्छा व्यक्त नगरेको बताए।
- भण्डारीको कोशी प्रदेश भ्रमणका क्रममा मिडियामा आएका समाचारप्रति आपत्ति जनाउँदै राईले एमालेमा अन्योलता सिर्जना भएको बताए।
- भण्डारी नेकपा एमालेकै पूर्व उपाध्यक्ष र पूर्वराष्ट्रपति भएकाले स्वागत गर्नु पार्टीको दायित्व रहेको राईको भनाइ छ।
काठमाडौँ । नेकपा एमाले स्थायी समिति सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना व्यक्त नगरेको बताएका छन् । पूर्वराष्ट्रपति भण्डारीका सवालमा अनेक अनुमान गरेर मिडियामा समाचार आइरहेकोप्रति आपत्ति प्रकट गर्दै राईले यी विषयले एमालेमा अन्यौलता सृजना गरेको बताए ।
आफू भण्डारीकै जिल्लावासी र लामो समयसँगै राजनीति गरेकोले धेरै कुरामा भण्डारीसँग संवाद भइरहने राईको भनाइ छ । आफूसँगको संवादमा भण्डारीले हालसम्म पनि सक्रिय राजनीतिमा फर्कने आशय व्यक्त नगरेको राईको भनाइ छ ।
‘नेकपा एमालेको स्थायी कमिटी सदस्य र उहाँसँग एक प्रकारले जिल्लावासीको नाताले पनि पार्टीमा लामो समयसँगै काम गर्दै आएको हिसाबले हाम्रो संवाद हुने गर्छ’ राईले भने, ‘आजको मितिसम्म उहाँ सक्रिय राजनीतिमा फर्कने कुरा अझ नेकपा एमालेको अध्यक्ष बन्न आउँदैछु भन्ने कुरा उहाँले व्यक्त गरेको कुरा मैले र हामीले सुनेका छैनौँ ।’
बिहीबार प्रेस चौतारी खोटाङको पत्रकार भेटघाटमा बोल्दै राईले केही दिन अगाडी भण्डारीको कोशी प्रदेश भ्रमणका क्रममा अनेक संशय सृजना भएको भन्दै आफूहरू पार्टीको जिम्मेवार पदमा रहेको र भण्डारी एमालेकै पूर्व उपाध्यक्ष र एमालेकै तर्फबाट राष्ट्रपति समेत भएकोले स्वागत गर्न जानु दायित्वभित्र पर्ने राईको भनाई छ ।
‘दुईवटा कार्यक्रमको सम्बन्धमा कोशी प्रदेशमा केही दिनअगाडि उहाँ आउनुभयो । पहिलो महिला जनप्रतिनिधिहरूको राष्ट्रिय भेला विराटनगर महानगरपालिकाले आयोजना गरेको थियो । त्यसमा देशभरिका महिला जनप्रतिनिधि उपाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा उहाँ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो’ राईले भने, ‘पूर्वराष्ट्रपतिज्यू कोशी प्रदेशमा आउँदा हामीले उहाँलाई स्वागत गर्नुपर्थ्यो, स्वागत पनि गर्यौँ । उहाँ नेकपा एमालेको पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ र नेकपा एमालेकै पृष्ठभूमिमा उहाँ देशकै यो उचाइमा पुग्नुभएको हो । उहाँलाई हामीले स्वागत गर्नुपर्थ्यो त्यो गर्यौ ।’
भण्डारीको अर्को कार्यक्रम मदन भण्डारी प्रतिष्ठान कोशी र नेकपा एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम बिर्तामोडको देवी माविमा आयोजना भएको कार्यक्रममा सहभागी हुन भण्डारी कोशी प्रदेश आउनुभएको राईले बताए ।
‘बजारमा अहिले यस प्रकारका हल्लाले ठाउँ पाएका छन्’ राईले भने ‘तर उहाँले यस्ता कुराहरू अभिव्यक्त गर्नुभएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण