शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध

बिहीबार, २९ जेठ २०८२, १३ : ४८
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरे।
  • दुर्घटनामा चन्द्रनिगाहपुरका ४५ वर्षीय बुढा लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि करिब ६ घण्टापछि राजमार्ग खुलेको छ।

रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै करिब ६ घण्टा सडक अवरुद्ध गरिएको छ । प्रहरीका अनुसार जिल्लाको पौराहीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले करिब ६ घण्टा सडक अवरुद्ध गरेका हुन् ।

दुर्घटनामा चन्द्रनिगाहपुर–१ मङ्गलपुर निवासी ४५ वर्षीय बुढा लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छन् । प्रहरीका अनुसार लिम्बूको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिने सवारी साधनको विवरण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । दुर्घटनापछि  स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले दोषी चालकलाई कारबाही गरिने प्रतिबद्धता जनाएपछि सडक खुलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप