रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
बिहीबार, २९ जेठ २०८२, १३ : ४८
सारांश
- रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरे।
- दुर्घटनामा चन्द्रनिगाहपुरका ४५ वर्षीय बुढा लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
- दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि करिब ६ घण्टापछि राजमार्ग खुलेको छ।
रौतहट । रौतहटमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै करिब ६ घण्टा सडक अवरुद्ध गरिएको छ । प्रहरीका अनुसार जिल्लाको पौराहीमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले करिब ६ घण्टा सडक अवरुद्ध गरेका हुन् ।
दुर्घटनामा चन्द्रनिगाहपुर–१ मङ्गलपुर निवासी ४५ वर्षीय बुढा लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छन् । प्रहरीका अनुसार लिम्बूको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधनको विवरण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । दुर्घटनापछि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दोषी चालकलाई कारबाही गरिने प्रतिबद्धता जनाएपछि सडक खुलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण