ड्रकर लिडरसिप एकेडेमी, नामी र ट्यान्जिबल क्यारियर्सबिच सम्झौता
काठमाडौँ । दक्षिण एसियामा कृत्रिम बौद्धिकता (एआई) शिक्षाको नयाँ युग सुरु गर्ने उद्देश्यसहित ड्रकर लिडरसिप एकेडेमी (डीएलए) ले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
डीएलएले नामी (नेपाल एप्लाइड म्याथेम्याटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स इन्स्टिच्युट) र ट्यान्जिबल क्यारियर्ससँग सम्झौता गरेको हो ।
सम्झौता कार्यक्रममा बोल्दै डीएलएका संस्थापक अध्यक्ष सुमन न्यौपानेले भने, “दुई नेपाली संस्थाले सहकार्य गरेर नेपाल मात्र हैन, सम्पूर्ण एसियामा एआई शिक्षालाई नयाँ उचाइमा पुर्याउने दिशामा महत्त्वपूर्ण कदम चालेका छन् भन्नेमा हामी गौरवान्वित छौँ ।”
नामीका शिक्षा विस्तार प्रमुख आलोक खत्रीले भने, “ड्रकर लिडरसिपको प्रशिक्षण क्षमतासँग नामीको अनुसन्धान दक्षता जोडिँदा विद्यार्थी र पेशेवरहरूलाई आवश्यक एआई सीप छिट्टै हस्तान्तरण गर्न सकिन्छ ।”
यसै अवसरमा, ड्रकर लिडरसिप एकेडेमीले ट्यान्जिबल क्यारियर्ससँग पनि औपचारिक सहकार्य गर्दै थप व्यावसायीहरूलाई एआई सीपमा दक्ष बनाउने योजना सार्वजनिक गरेको छ ।
डीएलएका बोर्ड डाइरेक्टर तथा वरिष्ठ कार्यकारी उपाध्यक्ष प्रवीणराज पोखरेलले बताए, “यस सहकार्यले पेशेवरहरूलाई प्रतिस्पर्धी बन्ने अवसर प्रदान गर्नुका साथै सेवामा नवीनता ल्याउन ठुलो सहयोग पुर्याउनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण