प्रतिपक्षी दलहरूको एक स्वर : भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्छ
काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध छ । छानबिन समिति गठन हुनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन् ।
यसैबीच बिहीबार बसेको प्रतिपक्षी दलहरुको बैठकले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को संगठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरुको एकमत रहेको बताए ।
‘आजको पहिलो चरणको बैठकको निष्कर्षः हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिसा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ’, झाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण