मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा
काठमाडौँ । मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।
सिंहमाथि प्रारम्भिक अनुसन्धानपछि थप विवरण संकलन गरिने अख्तियार स्रोतले जनाएको छ। स्रोतका अनुसार, सरकारी अनुदान वा विकास योजनाका नाममा उपभोक्ता समितिहरू गठन गरी रकमको दुरुपयोग गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। उनी महाेत्तरी क्षेत्र नम्बर ४ 'ख' बाट निर्वाचित जसपा सांसद हुन् ।
जेठ १२ गते अख्तियारले सिंहको घरमा छापा हानेको थियो । उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थसहित सिंहले प्रयोग गर्ने उपकरण नियन्त्रणमा लिएको थियो ।
सिंहले उपभोक्ता समिति बनाइ खातामा जम्मा भएको रकम आफू, आफ्ना स्वकिय सचिव र श्रीमतीको खातामा जम्मा गर्न लगाएको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण