मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

काठमाडौँ । मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचारको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।
सिंहमाथि प्रारम्भिक अनुसन्धानपछि थप विवरण संकलन गरिने अख्तियार स्रोतले जनाएको छ। स्रोतका अनुसार, सरकारी अनुदान वा विकास योजनाका नाममा उपभोक्ता समितिहरू गठन गरी रकमको दुरुपयोग गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। उनी महाेत्तरी क्षेत्र नम्बर ४ 'ख' बाट निर्वाचित जसपा सांसद हुन् ।
जेठ १२ गते अख्तियारले सिंहको घरमा छापा हानेको थियो । उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थसहित सिंहले प्रयोग गर्ने उपकरण नियन्त्रणमा लिएको थियो ।
सिंहले उपभोक्ता समिति बनाइ खातामा जम्मा भएको रकम आफू, आफ्ना स्वकिय सचिव र श्रीमतीको खातामा जम्मा गर्न लगाएको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनवादी शिक्षा समाजको आवश्यकता कि राजनीतिक नारा ?
-
संसद्मा गृहमन्त्रीको प्रश्न : अख्तियारमा दुई जना डीआईजी राख्न मिल्छ ?
-
रास्वपाको नाराबाजीका बिच गृहमन्त्रीले दिए संसदमा स्पष्टीकरण, तस्बिरहरु
-
अहिलेका राजनीतिक दलहरू यथावत रहेसम्म देश बदलिँदैन : घनश्याम भुसाल
-
गृहमन्त्रीले भने– अख्तियारको अनुसन्धानमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु
-
संसद्मा गृहमन्त्रीको जवाफ : भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन