रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
बिहीबार, २९ जेठ २०८२, २२ : ५४

समाचार सारांश
- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका चालक दाङका ४५ वर्षीय भुपेन्द्र महतको उपचारका क्रममा मृत्यु भयो।
- ट्रक दाङबाट रूकुम पश्चिम तर्फ पानीको जार लिएर जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको थियो।
त्रिवेणी । बिहीबार साँझ रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनी ट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ ।
उपचारको क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो । सोही स्थानका ३४ वर्षीय सह चालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार रा१क १४१२ नम्बरको रारा प्रोसेसिङ कम्पनी प्रालि घोराही दाङबाट सञ्चालित मिनी ट्रक दाङबाट रूकुम पश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गरेको अवस्थामा दुर्घटना परेको थियो ।
ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब २ सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका ‘माननीय’ले बजेटमा कस्ता–कस्ता आयोजना मागे ?
-
बाबर आजमले पहिलोपटक बिग ब्यास लिगमा खेल्ने
-
मार्क्रमको शानदार शतक, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक दक्षिण अफ्रिका
-
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
-
इजरायलमा गरिएको इरानको हमलामा कम्तीमा ४० जना घाइते, २ जनाको अवस्था गम्भीर
-
लस एन्जलस प्रदर्शनको नालीबेली