विद्युत् प्राधिकरण नाफामा भए पनि कठिन परिस्थितिमा छ : कार्यकारी निर्देशक शाक्य
सारांश
- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन्। उनले घाटा नभई वितरण प्रणालीका आधारमा समस्या रहेको जनाए।
- शाक्यले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य भए पनि प्रसारण प्रणालीले ३ हजार ५ सय मेगावाट मात्र धान्न सक्ने बताए। वितरण प्रणाली कमजोर भएको उनको भनाइ छ।
- कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइनमा लगानीको कमी र प्राधिकरणलाई खण्डीकरण गर्दा ऊर्जा क्षेत्र समस्यामा पर्ने चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् प्राधिकरण कठिन परिस्थितिमा रहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३ औँ महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले विद्युत् प्राधिकरण घाटा नभई वितरण प्रणालीका आधारमा कठिन परिस्थितिमा रहेको बताए ।
कार्यकारी निर्देशक शाक्यले प्राधिकरण अप्ठ्यारो बाटोमा रहेको भन्दै बाध्यात्मक रूपमा अघि बढ्नुपर्ने बताए । उनले २८ हजार ५ सय मेगावाट सरकारले १० वर्षको उत्पादन गर्ने लक्ष्य लिएको भए पनि विद्युत् प्राधिकरणको प्रशारण प्रणालीले ३ हजार ५ सय मेगावाट धान्न नसकेको बताए । उनले प्राधिकरणको वितरण प्रणाली धेरै कमजोर रहेको उल्लेख गरे ।
‘विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ । कठिन परिस्थिति यस अर्थमा होइन । विद्युत् प्राधिकरण घाटामा छ । त्यो होइन । प्राधिकरण एउटा बाटोको बिचमा उभिएको छ । अगाडि बढ्न बाध्यात्मक अवस्था छ,‘ कार्यकारी निर्देशक शाक्यले भने,‘ प्राधिकरणको वितरण प्रणाली त्यति धेरै कमजोर छ । ट्रिप भइरहेको छ । किन भइरहेको छ । हावाहुरीका कारण रुख ढलेर एउटा ट्रान्समिसन क्षति गर्दा प्रणालीमा नै ट्रिइप भइरहेको छ । प्राधिकरणको आर्थिक अवस्थाको कारण बलियो बनाउन सकिएको छैन ।’
उनले प्राधिकरणले प्रसारण लाइनमा लगानुपर्ने लगानी प्राप्त पाउन नसक्दा समस्या बलियो हुन नसकेको उल्लेख गरे । कार्यकारी निर्देशक शाक्यले विगतमा प्राधिकरणले प्रसारण लाइनमा गरेको लगानीले नपुगेको धारणा राखे । उनले भने,‘ ३ हजार ५ सय उत्पादन क्षमता हुँदा अहिले यस्तो अवस्था छ । १० वर्षमा २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने लक्ष्य छ । प्रसारण लाइनको क्षेत्रमा काम गरेनौँ भने ऊर्जा क्षेत्र कहाँ पुग्छ ?’
उनले ऊर्जा क्षेत्रको विकासको लागि नै विद्युत् प्राधिकरणलाई बचाइ राख्नुपर्ने आवश्यकता भएको बताए । उनले १० हजार मेगावाट वा २८ हजार ५ सय मेगावाट पुगेपछि खण्डीकरण गर्न तयार रहेको उल्लेख गरे । कार्यकारी निर्देशक शाक्यले अहिले विद्युत् प्राधिकरणलाई खण्डीकरण गरेर कमजोर बनाउँदा ऊर्जा क्षेत्र समस्यामा पुग्ने बताए । उनले प्राधिकरणको भन्दा पनि समग्र ऊर्जा क्षेत्रको चिन्ता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण