ट्राफिक प्रहरीको लापसे चेकिङ : तीन जना चालक नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका तीन जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश ३ –०१००६ ख ४५ ८५ नम्बरको ट्रकका चालक धादिङको गल्छि गाउँपालिका ७ का ३४ वर्षीय सन्तोष तामाङ, ना ५ ख ७४ ११ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १३ का २९ वर्षीय अरबिन्द दमाई र मधेस प्रदेश ०३–००१ख ९६ ३६ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १७ का ३४ वर्षीय गोकर्ण अर्याललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी
-
टिबी शाह स्मृति यु—१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो उपाधि मधेसलाई
-
सहमतिअनुसारको समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेस गर्न समस्या : एमाले सांसद राई
-
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
-
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
-
थरुनी बुहारी