‘विद्युत् प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्नु हुँदैन’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई खण्डीकरण वा निजीकरण दुवै गर्न नहुनेमा जोड दिइएको छ ।
शुक्रबार आयोजित प्राधिकरण कर्मचारी सङ्घको १३औँ अधिवेशन उद्घाटन समारोहका वक्ताले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने धारणा राखेका हुन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष तेजेन्द्र कार्कीले खानेपानी संस्थानलाई चार टुक्रा बनाउँदा अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले तलब पाउन नसक्ने अवस्था आएकाले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने बताए । साझा प्रकासनका कर्मचारीले तीन वर्षदेखि तलब नपाएको उल्लेख गर्दै उनले प्राधिकरणलाई सबल बनाएर लैजानुपर्नेमा जोड दिए ।
दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट कम्पनीलगायतले अहिले पनि अवकाश पाएका कर्मचारीलाई उपदान दिन नसकेको कावा अध्यक्ष कार्कीले बताए ।
सार्वजनिक सेवा कर्मचारी सङ्घका अध्यक्ष राजेन्द्र दाहालले अहिले प्रभावकारी रूपमा सञ्चालन भइरहेका सार्वजनिक संस्थानलाई निजीकरण गरेर धरासायी बनाउन खोजिएको भन्दै आपत्ति जनाए ।
ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष राधिका कुइँकेल, महासचिव अजयकुमार राई, प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल, प्राधिकण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवे, सङ्घका सहअध्यक्ष टङ्क अधिकारी, महासचिव धीमन्तराज न्यौपानेलगायत वत्तलाले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने, यही जेठ ५ गतेसम्म सम्पन्न भइसक्नुपर्ने आधिकारिक टे«ड युनियनको निर्वाचन अहिलेसम्म हुन नसकेको, स्थायी कर्मचारीलाई पनि दुईथरि सेवा सुविधा दिइएकोलगायत विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित
-
शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी
-
टिबी शाह स्मृति यु—१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो उपाधि मधेसलाई
-
सहमतिअनुसारको समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेस गर्न समस्या : एमाले सांसद राई
-
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
-
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु