‘पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान छ’

समाचार सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिए।
- मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधार गरिरहेको र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए।
- हिमालयन उद्धार सङ्घद्वारा आयोजित तालिममा मन्त्री पाण्डेले उद्धार तालिमको महत्वबारे प्रकाश पार्दै प्रमाणपत्र वितरण गरे।
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
हिमालयन उद्धार सङ्घद्वारा शुक्रबार साँझ आयोजित उद्धार तालिम समापन समारोहमा उनले सरकारले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी नीति तथा कानुन बनाइरहेको बताउँदै निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री पाण्डेले नेपाल प्राकृतिक स्रोतसाधन, सम्पदा र संस्कृतिले धनी मुलुक भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्न नीतिगत सुधारमा सरकार लागेको उनको भनाइ छ । उनले पर्यटकलाई सुरक्षा छ भन्ने आत्मबल बढाउन यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुलीले पर्वतारोहण क्षेत्रमा जाने पर्यटकलाई यात्राका क्रममा आउने समस्या र उद्धारलाई ध्यान दिएर सङ्घले उद्धार तालिम प्रदान गरेको जानकारी दिए।
तालिममा डा कमल थापा, सुवास दवाडी, सुमन आचार्य, सुरज आचार्य, गोविन्द बस्याल, थानेश्वर भण्डारी, प्रकाश खत्री, प्रज्वलराम घिमिरे, आङदावा शेर्पा, तुलसिंह गुरुङ, मोहनविक्रम केसीलगायत १८ जनाभन्दा बढीको सहभागिता थियो । तालिम समापन कार्यक्रममा मन्त्री पाण्डेले सहभागीलाई तालिमको प्रमाणपत्र वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिश्मा कपूरका पूर्व पतिको अन्तिम संस्कार दिल्लीमा गरिने
-
किशोरी घाउ
-
भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
‘दिल’ को गीत महिलाविरोधी भएको आमिरद्वारा स्वीकार
-
दिल्लीमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित
-
शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी