आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ

आइतबार, ०१ असार २०८२, १० : ५५
आइतबार, ०१ असार २०८२

समाचार सारांश

  • भक्तपुरको राधेराधेबाट लागु औषधसहित एक जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा खोटाङका २६ वर्षीय केवल राई रहेका छन्।
  • प्रहरीले उनको साथबाट ट्रामाडोल १४६ क्याप्सुल बरामद गरेको छ।

काठमाडौँ । प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ स्थित राधेराधेबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ घर भएका २६ वर्षीय केवल राई छन् ।

आरोपीको साथबाट ट्रामाडोल १४६ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीरा नेउपानेले रातोपाटीलाई बताए ।

 आरोपीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त सानोथिमीले अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप