भक्तपुरबाट लागु औषधसहित युवक पक्राउ
आइतबार, ०१ असार २०८२, १० : ५५
सारांश
- भक्तपुरको राधेराधेबाट लागु औषधसहित एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा खोटाङका २६ वर्षीय केवल राई रहेका छन्।
- प्रहरीले उनको साथबाट ट्रामाडोल १४६ क्याप्सुल बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ स्थित राधेराधेबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ घर भएका २६ वर्षीय केवल राई छन् ।
आरोपीको साथबाट ट्रामाडोल १४६ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
आरोपीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त सानोथिमीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण